+
+
Shares

७ लाख पुरस्कारसहित निर्मल पुर्जालाई ‘नविल हिरो’ उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १०:४७

१ मंसिर, काठमाडौं । विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ उपाधिबाट सम्मान गरेको छ । बैंकले पुर्जालाई ७ लाख राशको पुरस्कारसहित उपाधि दिएको हो ।

नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै सो उपाधि प्रदान गरेको बताए । पुर्जाले हिमाल आरोहणका ‘रियल हिरो’ भएको उनको भनाइ थियो ।

पुर्जाले सबैभन्दा छोटो समय (७ महिना) मा ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । ब्रिटिस सेनामा कार्यरत उनले हिमाल आरोहणकै लागि जागिर छोडेका छन् । उनी म्याग्दीका स्थायी वासिन्दा हुन् ।

साहका अनुसार, नविल बैंकले आगामी दिनहरुमा पनि यस उपाधिबाट अन्य विभिन्न विधाका ‘हिरो’हरुलाई खोजेर सम्मान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?