Comments Add Comment

हिटरको हानि : सतर्कता अपनाउने कि ?

बिस्तारै जाडो बढ्न थालेको छ । जाडोले हामीलाई यति गाह्रो पार्छ कि यसबाट बच्न हामी विभिन्न तरिकाहरु अपनाउँछौं । जाडोको लागि भनेर अहिले बजारमा तातो लुगा र जुत्ताहरु उपलब्ध हुन थालिसकेको छ । जसको प्रयोगले थोरै भएपनि तातोको अनुभव हुन्छ । अहिले महिला र पुरुष दुवै बाहिरी कामकाजमा व्यस्त हुन्छन् । त्यसैले पहिला जस्तो घाम तापेर जाडोबाट बच्ने समय धेरैसँग हुँदैन । त्यसैले उनीहरु जाडोलाई कम गर्नको लागि हिटर र ब्लोवरको प्रयोग गर्न बाध्य छन् । आफूले काम गर्ने ठाउँमा हिटर अथवा ब्लोवरको प्रयोग गरेर जाडोलाई भगाउने कोसिस गरिरहेका हुन्छन् ।

त्यसैले हिजोआज जाडोबाट बच्न अर्थात् जाडो कम गर्नको लागि हिटरको धेरै प्रयोग धेरै भएको पाइन्छ । चिसो हावाबाट बच्नका लागि हिटरको प्रयोग धेरै नै आरामदायक हुन्छ । तर, के तपाईंलाई थाहा छ, थोरै पनि असावधानी भयो भने तपाईंको यस्तो बानी अर्थात् हिटरको प्रयोग खतरनाक पनि हुन सक्छ ? आज हामी जाडो मौसममा हिटर बालेर सुत्ने बानीबाट हुने नोक्सानीको बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

-जब हामी कोठामा हिटरको प्रयोग गर्छौं, हिटरको तातो हावाले कोठा भित्रको कोमलता नष्ट हुन्छ । कोठा तातो हावाले भरिन्छ र हाम्रो छाला सुख्खा भएर तन्कन थाल्छ । त्यस्तो हावाले एलर्जी हुने खतरा पनि धेरै हुन्छ ।

-यदि घरमा सानो बच्चा छ भने हिटरको प्रयोग गर्दा झनै सतर्क हुनुपर्छ । हिटरबाट निस्कने हावा तातो हुन्छ । जुन बच्चाहरुका लागि अति नै खतरनाक हुन्छ । त्यो हावाले बच्चालाई पोल्ने खतरा पनि हुन्छ ।

-जुन व्यक्तिलाई श्वास-प्रश्वास सम्बन्धी समस्या हुन्छ । उनीहरुका लागि पनि हिटरले दिने तातो हावा खतरनाक हुन्ासक्छ । हिटरले फाल्ने तातो हावामा अक्सिजनको मात्रा कम हुने भएकोले श्वास-प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई सास फेर्न गाह्रो हुन्छ । त्यसैले दम अथवा छाला सम्बन्धी रोग भएका व्यक्तिहरुका लागि हिटरले हानि पुर्‍याउनसक्छ ।

-हिटरले तताइएको तातो कोठाबाट जब तपाईं अचानक चिसो हावाको सम्पर्कमा आउनुहुन्छ । तपाईंको शरीरले तीब्र रुपको तापमानको परिर्वतनलाई झेल्छ । कहिलेकाहीँ शरीरले त्यस्तो अन्तरलाई सहन नसकेर विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ ।

-लामो समयसम्म हिटरको नजिक बस्दा शरीर डढ्ने सम्भावना पनि हुन्छ । लामो समयसम्म हिटरमा बस्ने बानीका कारण विभिन्न प्रकारका छालाका समस्याहरु पनि उत्पन्न हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment