Comments Add Comment

कस्तो छ भुवन भिलेन बनेको ‘मिस्टर नेपाली’ ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मिस्टर नेपाली’ले हलमा दर्शक खासै तान्न सकेको छैन । नायक भूवन केसीलाई खलपात्रको रुपमा देखाएको यो चलचित्रमा नव–कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउत छन् ।

यो चलचित्रले हलमा दर्शक तान्न खासै नसकेपनि यसका डेब्यू कलाकार साहिलले भने संभावना देखाएका छन् । चलचित्रभरी नै हाबी रहेका नयाँ कलाकारले सक्दो मिहिनेत गरेको देख्न सकिन्छ । साहिलले अझै अभिनयमा सुधार गर्दै जाने हो भने उनले आफूलाई बलियो रुपमा यो क्षेत्रमा उभ्याउन सक्छन् ।

विदेशमा बसेपनि नेपालीपन हराउँदैन भन्ने कथा बोकेको यो चलचित्रको कमेडी पाटोले पनि दर्शकलाई होल्ड गर्न सक्छ । विष्णु सापकोटा र रवि डंगोलको कमेडी पाटोले दर्शकलाई हलमा टिकाइराख्न मद्दत गरेको छ ।

नायक भूवन केसीलाई चलचित्रमा मुखियाको भूमिकामा देखाइएको छ । भूवन र साहिलविचको वार नै चलचित्रको मुख्य पाटो हो । निर्देशक देव भुषालले निर्देशन गरेको यो चलचित्र विदेशमा बस्ने नेपालीले हेर्न अझै बढी आवश्यक छ ।

‘मिस्टर नेपाली’ले जुनसुकै देशमा बसेपनि आफ्नो देशको माया, संकृती विर्सन हुँदैन भन्ने सन्देश दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment