Comments Add Comment

सडकमा उफ्रिएर हुँदैन, सीमा विवादबारे कूटनीतिक पहल गरौं : निधि

१ मंसिर, रामेछाप । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतसँगको सीमा विवाद कूटनीतिक पहल गरी समाधान गर्नु पर्ने बताएका छन् ।

प्रेस युनियन रामेछापले आइतबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा निधिले भने, ‘यो समस्या सडकमा उफ्रिएर वा नारा लगाएर समाधान हुँदैन कूटनीतिक हिसाबले समाधान गर्नु पर्छ ।’

भारतसँग मात्र नभइ चीनसँगसमेत सीमा विवाद भएको रहेको भन्दै उनले राष्ट्रिय सहमति बनेको यही बेलामा सरकाले दुबै देशसँग कूटनीतिक पहल अघि बढाउनु पर्ने बताए । तर, सरकारले यतिबेला राष्ट्रिय एकतालाई सदुपयोग गर्न नसकेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment