Comments Add Comment

भैरहवामा हुने पाँचौ औद्योगिक ब्यापार मेलाको तयारी पूरा

३ लाख दर्शक र २५ करोड रुपैयाँ कारोबार लक्ष्य

१ मंसिर, बुटवल । उद्योग ब्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको आयोजनामा भैरहवामा हुन लागेको पाँचौं लुम्बिनी पर्यटन प्रवर्द्धन, औद्योगिक ब्यापार तथा कृषि महोत्सवको तयारी पूरा भएको छ ।

राष्ट्रिय उत्पादनको बृद्धि गरी पर्यटनको प्रबद्र्धन गरौं, राष्ट्रिय उत्पादनको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ भैरहवाको अञ्चलपुरमा मंसिर ३ गतेदेखि १६ गतेसम्म मेला हुन लागेको छ ।

आयोजकले आइतबार मेलास्थलमा पत्रकार सम्मेलन गरी मेलाको ९० प्रतिशतभन्दा बढी काम सकिएको जानकारी दिएको हो । महोत्सवको मंगलबार विहान ११ बजे पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सवमा ३ सय ६० स्टल दर्ता भैसकेको मूल आयोजक समितिका संयोजक तथा संगठनका अध्यक्ष नारायण भण्डारीले जानकारी दिए । ४ सय स्टल दर्ता गर्ने लक्ष्य रहेको र सोमबारसम्म बुकिङ्ग खुल्ला रहेको भण्डारीले बताए । यसपटक भारत, बंगलादेश र पाकिस्तानबाट पाँच वटा स्टल दर्ता भएका छन् ।मायादेवी मन्दिर र पशुपतिनाथको आकृति झल्किने सचिवालय, बीच भागमा मायादेवी मन्दिर आकृतिको पर्यटकीय डोमभित्र प्रदेशका प्रमुख पर्यटकीय स्थलबारे जानकारी दिने सूचना सामाग्री, नेपाल भ्रमण बर्षको प्रवर्द्धन गर्ने तयारी आयोजकले गरेका छन् ।

महोत्सवमा तीन लाख दर्शकलाई अवलोकन गराई २५ करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य रहेको महसचिव अनिल ज्ञवालीले बताए । संगठनका अनुसार यसपटकको महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता दिइएको छ । अध्यक्ष भण्डारीले पर्यटन र कृषिसँग सम्बन्धित स्टलहरुमा पूरै तथा उद्योगतर्फका स्टलहरुमा ५० प्रतिशत छुट दिइ प्रोत्साहन गरिएको जानकारी दिए ।

रुपन्देहीको आधा क्षेत्र ओगट्ने भैरहवाको महोत्सवमा चार दिनसम्म नेपाल र भारतका कुश्तीबाजहरुबीच कुश्ती प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता र २५ हजार १५ हजार र १० हजार पुरस्कार राशीको ६० खेलाडीको सहभागितामा ब्याटमिन्टन प्रतियोगिता हुने आयोजकहरुले जानकारी दिएका छन् ।

तीन लाख दर्शक आउने अपेक्षा गरिएको मेलामा सार्वजनिक विदाबाहेक प्रत्येक दिन ११ बजेसम्म प्रवेश निशुल्क गरिएको, ७० वर्ष भन्दामाथिका नागरिक र अपाङ्गता भएकालाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको अध्यक्ष भण्डारीले बताए । महोत्सवमा स्थानीय बजारको गुल्जारका लागि सीमावर्ती भारतीय बजारको मूल्यसूची सहित उपभोक्ता सचेतना अभियान चलाइने महासचिव अनिल भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment