Comments Add Comment

सकियो ‘शिवम् कृति समारोह’

१ मंसिर, काठमाडौं । शिवम् सिमेन्टसले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । क्वालिटीको मामलामा नो कम्प्रमाइज भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले सेलिब्रेसनको मामलामा नो कम्प्रमाइज भन्दै कात्तिक २९ र ३० गते काठमाडौंको हायात होटलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो ।

दुई दिनसम्म चलेको उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई विभिन्न विधामा अवार्डहरु बाट सम्मान गरेको थियो ।

जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेश्ानल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो ।

समारोहमा नेपालको चर्चित कलाकारहरुको साथ साथै भारतका ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवको बेजोड  मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।

उक्त कार्यक्रममा देशको हरेक भूभाग बाट उपस्थित डिलरहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टसका अध्यक्ष सुरेन्द्र कुमार गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्र जगतमा उच्च स्थान पाउन सफल भएको प्रतिक्रिया दिए ।

आगामी दिनहरुमा यो सम्बन्धलाई अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नं. १. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गरे । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment