Comments Add Comment

बाराबाट गाँजासहित एक जना पक्राउ

२ मंसिर, काठमाडौं  । बाराको पचरौताबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका बेनौलीका २५ वर्षीय कृष्ण साह रहेका छन् ।

प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीको टोलीले साहलाई पचरौता नगरपालिका-७ भवानीपुर टोलबाट पक्राउ गरेको हो ।

साहको साथबाट ५ केजी गाँजा बरामद भएको र उनको बारेमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment