Comments Add Comment

एकनाशको जीवनशैलीबाट दिक्क हुनु भएको छ ?

दिनहुँको एकनासे जिन्दगीबाट दिक्क त हुनु भएको छैन नि ? प्रायः हामीलाई बिहान उठेर अफिस जाउ अनि साँझ घर फर्क…फेरी भोलिपल्ट त्यहि रुटिन दोहोर्‍याउ । अफिस र घरको उस्तै प्रकारको जीवनशैलीका कारण कहिलेकाहिं हामीलाई दिक्क लाग्न सक्छ ।

हामी प्रायः एकै प्रकारको काम गर्दा गर्दा दिक्क हुन्छौ, अनि भन्ने गर्छौं-‘अब त जीवनमा रमाइलो नै छैन ।’

वास्तवमा उस्तै प्रकारको जीवनशैलीले हाम्रो जीवनलाई नीरस र दिक्दार बनाइदिन्छ । हामी एउटा यन्त्र जस्तै बन्छौं । त्यस्तो स्थितिमा यदि तपाईं आफ्नो जीवनलाई रोमाञ्चक बनाउन चाहनु हुन्छ भने त्यस्तो केही गर्नु पर्छ, जसलाई पहिले कहिल्यै गर्नु भएको थिएन । जीवनलाई रमाइलो बनाउनका लागि के-के नयाँ कुराहरु गर्न सकिन्छ ?

खाना पकाउनु पर्छ

खाना बनाउन सिक्नु पर्छ । तपाइर्ंलाई खाना पकाउन आए पनि नआए पनि त्यस्तो कुनै खानेकुरा बनाउन सिक्नु पर्छ, जसको प्रतिस्पर्धा अरु कसैले गर्न नसकोस् । त्यसलाई आफ्नो सिग्नेचर परिकार बनाउने प्रयास गर्नुपर्छ, जसको चर्चा तपाईंको छरछिमेक तथा आफन्तमाफ पनि होस् ।

आफन्तहरुसंग समय बिताउनु पर्छ

आफ्नो घरको ठुला सदस्यसंग अथवा कति कुनै आफ्नो पि्रय व्यक्तिसंग केही समय बिताउनु पर्छ । यसले तपाईंलाई जीवनलाई हेर्ने नयाँ दृष्टिकोण प्रदान गर्छ ।

केहि समय एक्लै रहनु पर्छ

यदि तपाईं परिवार र विभिन्न सुविधाहरुको बीचमा रहनु हुन्छ भने केहि समय एक्लै रहनु तपाईंको लागि भिन्दै अनुभव हुन्छ । आफ्नो सम्पुर्ण कार्य स्वयं आफैं गर्नु पर्छ । यसो गर्दा तपाईं ती व्यक्तिहरुको सम्मान गर्न थाल्नु हुन्छ, जसले तपाईं आफ्नो व्यक्तिगत कामहरुका लागि निर्भर रहनु हुन्छ ।

असफलताको अनुभव कम गर्नु पर्छ

असफलताले तपाईंलाई सफल हुनु भन्दा बढि शिक्षा प्रदान गर्छ । वास्तवमा यो सफलतातिर लैजाने सबै भन्दा महत्वपूर्ण कदम हो । तपाईं आज जे हुनुुहुन्छ, त्यो तपाइर्ंको असफलताको कारण हो । आफ्नो गल्तिहरुबाट सिक्नाले तपाईं अझ परिपक्व बन्नु हुन्छ ।

यात्रा  गर्नु पर्छ

यदि तपाईंलाई साहसिक कामहरु मन पर्छ भने त त्यो काम  रमाइलो लाग्छ नै, तर यदि  त्यस्तो मन पर्दैन भने पनि कम्तिमा यात्रा गर्नु पर्छ । कुनै पहाडमा ट्रेकिङको आनन्द लिन सक्नु हुन्छ । वास्तवमा पहाड चढ्नु त्यसलाई जीत्नु होइन तर आफुलाई जीत्नु जस्तै हो । पहाडले  जीवनलाई भिन्न प्रकारले हेर्ने दृष्टिकोण पनि प्रदान गर्छ । त्यसैले जीवनमा एक पटक ट्रेकिङको मज्जा लिनु आवश्यक छ ।

केही आवश्यक कुरा सिक्नु पर्छ

जीवनमा केही कुराहरु अत्यन्त आवश्यक हुन्छ । त्यस्ता कुराहरु जुन पैसा दिएर अरुबाट गराउन पनि सक्छौं, जसका कारण ती कुराहरु हामीलाई सिक्न आवश्यक छैन जस्तो लाग्छ । तर यस्ता कुराहरु सिकौं र आत्मसन्तोषको अनुभव गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment