Comments Add Comment

झापामा १७ जुवाडे पक्राउ

२ मंसिर, काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले १७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

भद्रपुर नगरपालिका-५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका-६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास सहित पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment