Comments Add Comment

मुआब्जा माग गर्दै आरुघाट बन्द, जनजीवन प्रभावित

२ मंसिर, काठमाडौं । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट बजार क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै स्थानीय वासिन्दाले गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।

आयोजनाकै डुवान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा वितरण भइसक्दा पनि गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरे बजारको मुआब्जा नतोकिएको भन्दै स्थानीयले आइतबार ती सबै बजार बन्द गराएका छन् ।

बन्दका कारण गोरखा र धादिङको आरुघाट, आर्खेत र खहरे बजारको जनजीवन प्रभावित भएको छ । बजारका पसल, कार्यालय, शिक्षण संस्था र यातायात ठप्प छ । बुढीगण्डकी सरोकार समिति आरुघाट विशालनगरका अध्यक्ष दिनेश ढकालले तत्काल मुआब्जा निर्धारणको दबाब दिन बन्द आयोजना गरिएको बताए ।

कि हामीलाई मुआब्जा चाहियो, होइन भने हर्जनासहित जग्गा फुकुवा गर्नुपर्‍यो’ उनले भने ‘५ वर्षसम्म हाम्रो जग्गा रोक्का राखेको हर्जना चाहिन्छ ।’  बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका साविक २७ गाविसका जग्गाको मुआब्जा वितरण भए पनि बजार क्षेत्र आरुघाट, आर्खेत र धादिङको खहरे बजारको मुआब्जा तोकिएको छैन । गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीहरुले स्थानीयले धेरै माग गरेकाले तोक्न नसकेको तर्क गर्दै आइरहेका छन् ।

सरोकार समितिले आइतबार आफ्नो आन्दोलनको विषयमा राजनीतिक दलका नेता र जनप्रतिनिधिसँग छलफल गर्दैछ । ‘आज नेता र जनप्रतिनिधिसँग छलफल गरेपछि हाम्रो आन्दोलन तय हुन्छ’ उनले भने । जग्गा रोक्का भएको ५ वर्ष भइसक्दा पनि मुआब्जा नदिएको भन्दै आरुघाटबासी आन्दोलनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment