Comments Add Comment

अचाक्ली महंगिएपछि बंगलादेशकी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

२ मंसिर, काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् । प्रधानमन्त्री शेख हसिना वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो समाचार सार्वजनिक गरेका हुन् ।

एफपीले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनताला पनि निरुत्साहित गर्ने उनको सोच छ । बंगलादेशमा केही समयअघि ३० टका प्रतिकिलो रहेको प्याजको भाउ बढेर सोमबार २ सय ६० टका पुगेको छ । हसिना सरकारको अस्थिर अर्थनीतिका कारण तरकरीको भाउ आकासिएको भन्दै विपक्षी दलले आन्दोलनको घोषणा नै गरेको छ । भारतले निर्यात प्रतिवन्ध लगाएपछि बंगलादेशमा अहिले म्यानमारलगायतका देशबाट प्याजको आयात भइरहेको छ ।

उपभोक्तालाई सीमित राहत दिन सरकारले ४५ टका प्रतिकिलोमा प्याज विक्री सुरु गरेको बंगलादेशी समाचार एजेन्सीहरुले लेखेका छन् । प्याजको मूल्य बढ्न थालेपछि भारतले असोज १२ गते आफ्नो मुलुकबाट सबै प्रकारको प्याज निर्यात रोकेको थियो । भारतबाट अन्य मुलुकमा प्याज निर्यात नभएपछि नेपालमा पनि यसको प्रभाव परेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारका विकास समितिका अनुसार अहिले थोकमा सुकेको प्याजको मूल्य १६० रुपैयाँ तोकिएको छ । प्याजको खुद्रा मूल्य भने औसत  १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment