Comments Add Comment

टाटा नेक्सन फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्ने भारतको पहिलो र एकमात्र कार

२ मंसिर, काठमाडौं । टाटा मोटर्सको सबैभन्दा मन पराइएको सब-कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षासम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एक मात्र कार हो ।

ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिगि्रटी र ओभरअल सुरक्षाको आँकलन गरिएको थियो । कारको दुवै फ्रन्टर साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो । ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर (१६.०७/१७.००)प्राप्तगर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त गर्‍यो ।

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ । डुअल फ्रन्टल एअरब्यागहरू र प्रिटेन्सरसहितको सिटबेल्टहरू तथा लोड लिमिटर जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई पूर्ण सुरक्षा प्रदान गर्दछ ।

टाटा नेक्सनले प्राप्त गरेको पछिल्लो उपलब्धिबारे बाल्दै टाटा मोटर्स, प्यासेन्जर भेइकलका प्रमुख सुजन रोयले भने ।

‘अहिले ग्राहकहरूले सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण मापक मान्दछन् । ग्लोबल एनक्यापबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा रेटिङ टाटा नेक्सनले प्राप्त गर्दा हामी एकदमै खुसी छौँ । ग्लोबल एनक्यापको गरेको परीक्षणमा प्राप्त सफलता भनेको सुरक्षालाई सधैँ पहिलो प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो,’ उनले भने ।

ऐरो डाइनमिक सिलुएट भएको टाटा नेक्सनको स्पोर्टी डिजाइन रहेको छ । टाटा नेक्सन पाँचवटा भेरियन्टहरूमा उपलब्ध छ । एक्सई, एक्सएम, एक्सटी, एक्सजेड प्लस तथा एक्सजेड ए र पाँचवटा रङहरू रातो, नीलो, सिल्भर, ग्रे र सेतोमा उपलब्ध छ । टाटा नेक्सनको वारेन्टी ७५ हजार किलोमिटर वा दुई वर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment