Comments Add Comment

वर्षाको ‘लभ यू’

नायिका वर्षा सिवाकोटी पछिल्लो केही समयदेखि प्रेममा छिन् । अमेरिका गएर आफ्नो प्रेमी सार्वजनिक गरेकी वर्षा रोमान्टिक मुडमा देखिन्छिन् । वर्षाको सामाजिक संजालमा अहिले उनको रोमान्टिम मुडका तस्वीर धेरै पोष्ट हुने गरेको पाइन्छ । सायद, प्रेममा परेपछि यस्तै हुन्छ होला ।

वर्षाले हालैमात्र ‘लक्का जवान’ नामक चलचित्रको छायांकन सकेकी छिन् । बक्स अफिसमा निरन्तर असफल रहेकी वर्षा यो चलचित्रबाट भने सफल हुनेमा विश्वस्त छिन् ।

उनै, वर्षाले फेसबुकमा ‘लभ यू’ लेख्दै आफ्नो हँसिलो फोटो पोष्ट गरेकी छिन् । वर्षाको ‘लभ यू’ उनका फ्यानलाई हो या उनका अमेरिकामा रहेका प्रेमीलाई हो, यो उनले नै जान्ने कुरा भयो ।

तर, वर्षा गहिरो प्रेममा छिन् भन्ने कुरा उनको फोटो र स्टाटसले पनि वुझ्न सकिन्छ । आखिर, यो प्रेम भन्ने चिज हुन्छ नै यस्तो । वर्षाको ‘लभ यू’मा धेरै दर्शकले ‘लभ यू टू’ भन्दै प्रतिक्रिया भने दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment