Comments Add Comment

इजरायली प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप, नेतान्याहुले भने– निराधार

६ मंसिर, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुमाथि त्यहाँका महान्यायाधिवक्ताले घुस लिएको आरोप लगाएका छन् । तर, प्रधानमन्त्री नेतान्याहुले ‘कु’ गर्ने प्रयास गरिएको भन्दै आरोपको खण्डन गरेका छन् ।

इजरायलका महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले नेतान्याहुमाथि घुससँगै जालझेल गरेको र निष्ठा भंग गरेको अभियोग लगाएका हुन् ।

नेतान्याहुले धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा समाचार लेखाएको आरोप पनि ती महान्यायाधिवक्ताले लगाएका छन् ।

कोही पनि व्यक्ति कानूनभन्दा माथि नभएकाले सजायको दायरामा आउनुपर्ने मत महान्यायाधिवक्ता मन्डब्लिटको छ ।

तर, नेतान्याहुले आफूमाथि लागेका अभियोग अस्वीकार गरेका छन् । आफूलाई ‘कु’ गने गलत मनसायबाट प्ररित भई आरोप लगाइएको उनको दाबी छ ।

‘अधिकारीहरू सत्यको पछि नलागेर मेरो पछि लागेका छन्’, नेतान्याहुले टेलिभिजन सम्बोधनका क्रममा भने, ‘अनुसन्धानकर्ताहरूमाथि नै अब अनुसन्धान हुनुपर्छ ।

नेतान्याहुमाथि भ्रष्टाचारलगायतका तीन अभियोग लगाइएपछि उनले राजीनामा दिनुपर्ने मत पनि प्रकट भइरहेका छन् । तर, उनले कानूनी रूपमा आफू राजीनामा दिन बाध्य नभएको प्रतिक्रिया दिएको बीबीसी समाचारमा उल्लेख छ ।

नेतान्याहु पछिल्ला केही वर्षदेखि विभिन्न अभियोग झेल्दै आइरहेका छन् । आफूमाथि लागेका अभियोग चिर्नमै उनका ज्यादा समय खर्च भइरहेको विश्लेषण बीबीसीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment