Comments Add Comment

प्रेमीसँग रोमान्टिक मलिना

नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीले नयाँ चलचित्र त साइन गरेकी छैनन् । एकपछि अर्को चलचित्र असफल हुँदा मलिनाको हातमा राम्रो ब्यानरका चलचित्र परेका छैनन् । तर, उनी यतिबेला प्रेममा भने मख्ख छिन् ।

केही समयदेखि उनी सुशान्त प्रधानको प्रेम सम्बन्धमा छिन् । उनीहरुको प्रेम कसैसँग पनि लुकेको छैन । यहीकारणले पनि होला, मलिना र सुशान्त सामाजिक संजालमा तस्वीर शेयर गर्न हिच्किचाउँदैनन् ।

हालैमात्र, मलिनाले सुशान्तसँगका २ रोमान्टिक तस्वीर शेयर गरेकी छिन् । एक तस्वीरमा मलिनाको गालमा सुशान्तले चुम्बन गरेका छन् । जहाँ मलिना लेख्छिन्–‘म तिमीलाई त्यतीबेला पनि माया गर्थेँ । तर, तिमीलाई मैले यो कुरा थाहा हुन दिइनँ । किनकी, मलाई तिमीसँग टाढा हुन्छु कि भन्ने डर थियो ।’

मलिनाको सुशान्तप्रतिको प्रेम भावना यत्तीकै टुंगिएको छैन । उनले, आफूले सुशान्तकै कारण श्वास फेर्ने गरेको, हाँस्ने गरेको उल्लेख गरेकी छिन् । मलिनाको यी शब्दहरुले पनि सुशान्तसँगको उनको प्रेम कती गहिरो छ भन्ने थाहा हुन्छ । आशा गरौ, यो जोडीको प्रेम नयाँ उचाइमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment