Comments Add Comment

प्रेम र आयुष्माको माया र विछोडको कथामा ‘प्रेम संसार’

प्रेमबहादुर सुनारको प्रस्तुतिमा तयार भएको चलचित्र ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । सोनी फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन् । प्रेमबहादुर सुनारको कथा रहेको चलचित्रमा कविता नेपाल, प्रेम सोनी, आयुष्मा कार्की, मोनिका दाहाल, प्रेमबहादुर सुनार लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा बी.बी अनुरागी र अर्जुन पोखरेलको संगीत, दिपेन बस्नेतको छायांकन तथा सम्पादन छ । यो चलचित्र मंसिरको २७ गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलरमा पारिवारिक कथा, प्रेम, विछोड र द्धन्द्धलाई देखाइएको छ ।

प्रेम गर्ने जोडीहरुको कथामा यो चलचित्र बनेको कलाकार प्रेम सोनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment