+

चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटी तेस्रो स्थानमा

२०७६ मंसिर  ८ गते ८:३८ २०७६ मंसिर ८ गते ८:३८
चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटी तेस्रो स्थानमा

८ मंसिर, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध जित हात पारेको छ । साविक विजेता समेत रहेको सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीलाई २-१ ले हरायो ।

जितपछि १३ खेलबाट २८ अंक जोड्दै सिटी तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २६ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ ।

सिटीको घरेलु मैदानमा अग्रता भने चेल्सीले २१औं मिनेटमा एन गोलो कान्टेको गोलमार्फत लिएको थियो । तर अग्रता लामो समय टिकेन । केभिन डे ब्रएनाले सिटीका लागि २९औं मिनेटमा बराबरी गोल फर्काए । सबै गोल दोस्रो हाफमै भएको खेलमा सिटीका लागि ३७औं मिनेटमा रियादमहारेजले विजयी गोल गरे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय