Comments Add Comment

प्रदेश १ मा पर्यटन प्रवर्द्धनका लागि ‘यात्रा पूर्व’को शुभारम्भ 

८ मंसिर, विराटनगर । प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि ‘यात्रा पूर्व’को शुभारम्भ भएको छ । प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’को सहकार्यमा सुरु भएको एक हप्ते यात्रामा बैंकरदेखि पूर्वमिस एसियासहित विभिन्न क्षेत्रका ७० जना व्यक्तित्वको यात्रामा सहभागी रहेको छ ।

यात्रा पूर्वकोमा सहभागी भएका अतिथिलाई आइतबार भव्य समारोहबीच प्रदेश १ को राजधानी विराटनगरमा स्वागत गरिएको छ ।

प्रदेश १ सरकारको तर्फबाट स्वागत गदै मुख्यमन्त्री शेरधन राईले प्रचुरमात्रामा पर्यटकिय क्षेत्र रहेको यस प्रदेशको यात्राले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रचार र प्रवर्द्धनमा यात्राले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले भने,‘‘प्रदेश १ का सबैभन्दा होचो कचनकवलदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथासमेत छ । तर, त्योबाहेक घुम्ने दर्जनौ अरु स्थलहरु छन् जसको व्यापक रुपमा जानकारी र प्रचार भएको छैन । यसलाई उजागर गर्ने सरकारको प्रयास हो ।’’यसमा तपाईहरुको पनि उतिकै साथ रहेन हाम्रो विश्वास छ।’

उनले सरकारले घोषण गरेको २०२० पर्यटन वर्षमा पनि यात्रामा सहभागी टोलीलाई प्रदेश नं १ आएर पुनः घुम्नका लागि आग्रहसमेत गरे ।मुख्यमन्त्री राईले यात्रामा सहभागीहरुलाई खादाले अभिनन्दन समेत गरका थिए ।

प्रदेश १ का पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा प्रचार गर्नका लागि एकहप्ताको यात्रा सुरु गरिएको मन्त्री जगदिशप्रसाद कुसियैतले जानकारी दिएका छन् । उनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आफ्ना ठाउँको विशेषता विश्वस्तरमा फैलाउन सानो प्रयास गरिएको जनाकारी दिए ।

यात्रामा सहभागी नबिल बैंकका सिइओ अनिलकेशरी शाहले प्रदेश सरकारले आफ्ना ठाउँको प्रचारको लागि ल्याउने प्रयासको नविनतम सोचले यस क्षेत्रको पर्यटकिय स्थानको प्रचार प्रसारले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।

यात्राको सहकार्यमा सहयोग गरेका अमेरिका निवासी पाइलट प्रितम कुसियैतले प्रदेश १ का पर्यटकीय गन्तब्यलाई प्रदेशका साथै विश्वभर प्रचार गर्ने उद्देश्यले यात्रापूर्वको कार्यक्रम तय गरिएको जानकारी दिए ।

उनले यात्रामा मिस एसिया युनिभर्स २०१७ पिंकी राजगढिया,गायिका अभया सुब्बा, विभिन्न मिडियाका पत्रकार, ब्लगर,अष्ट्रेलियाका पर्यटकसमेतको सहभागी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment