Comments Add Comment

कालोबजारी अनुगमन गर्न संसदीय उपसमिति गठन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकको फाइल तस्वीर ।

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कालोबजारी बढेको निश्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको हो । उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य नरबहादुर धामीको संयोजकत्वमा सात सदस्यीय उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको हो ।

उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधीलगायतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तरलगायतको अनुगमन गर्ने छ ।

उपसमितिले एक महिना भित्र बजार अनुगमन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन् ।

एकजना सदस्य संयोजकले तोक्न पाउने व्यवस्था समेत गरेको छ । यसैबीच समितिले यसअघि बसेका बैठकमा नेपालको हवाई उडान, विमानस्थलमा रहेका समस्या समाधान, भ्रमण वर्ष २०२० को तयारी र वैदेशिक रोजगारीमा गई कुवेतमा अलपत्र परेका २१ जना कामदारहरुलाई नेपाल फर्काउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment