Comments Add Comment

अन्तराष्ट्रिय कम्ब्याट प्रतियोगितामा नेपाली तेक्वान्दो टोली उपविजेता

८ मंसिर, वीरगञ्ज । भारतमा सम्पन्न अन्तराष्ट्रिय कम्ब्याट प्रतियोगितामा नेपाली तेक्वान्दो टोलीले ५ स्वर्ण, १० रजत र २ कास्य गरी कुल १७ पदक जितेको छ ।

भारतको दिल्लीमा आइतबार भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको हो । प्रतियोगितामा भारत टिम च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको प्राविधिक सल्लाहकार तथा नेपाली टिमका प्रशिक्षक दिनेश शर्माका अनुसार नेपालका राजेश बस्नेत (७०–७५) ले स्पाईरिङ र प्याट्रन विधामा एक/एक स्वर्ण जिते । यस्तै रोप स्किपिङ र जापानिज फममा उनले थप दुई रजत जिते । उनी नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघ मार्फत प्रतियोगितामा सहभागी भएका थिए ।

राज कुमार दराई (६०–६५) ले प्याट्रनमा स्वर्ण जित्दा स्पाईरिङ, रोप स्किपिङ र जापानिज फममा एक/एक रजत दिलाएका थिए । जनक राज गौतम (६०–६५)ले स्पाईरिङमा स्वर्ण र प्याट्रनमा रजत हात पारे ।

यस्तै शिवराज देवकोटा (५५–६०)ले स्पाईरिङमा रजत, विशाल शाह (६५–७०) र विकास श्रेष्ठले (६५–७०) एक/एक कास्य दिलाए ।

प्रतियोगितामा नेपालका प्रशिक्षक शर्मालाई आउटस्टान्डिङ इन्स्ट्रक्टर अवार्ड प्रदान गरिएको थियो । नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघका महासचिव शर्मालाई दक्षिण एसियामा तेक्वान्दो मार्शल आर्ट्सको विकास, विस्तार, प्रचार एवंम प्रवर्दनमा उलेख्य योगदान पुर्‍याएका कारण अवार्ड प्रदान गरिएको थियो । नेपालका रेफ्री विकास केसीले समेत निर्णायकको भूमिका निर्वाह गरेको प्रतियोगितामा २२ देशका विभिन्न तौल समूहका ३ सय ५० खेलाडी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment