Comments Add Comment

बिदाको लागि अनौठो नाटक, ७ वर्षसम्म गर्भवती

कामचोर मान्छेहरुले ठग्नका लागि अनेक बहाना बनाउँदछन् । कहिले बिरामी भएको निहुँ पार्ने त कहिले घरमा अत्यावश्यक काम पर्यो भनेर नआउने ।

भारतको बिहारकी एकजना महिलाले चाहिँ विदा बस्नका लागि लगातार ७ वर्षसम्म सुत्केरी भएको निहुँ पारेकी छन् ।

पेशाले शिक्षिका ती महिलाले पछिल्लो ७ वर्षमा सातैपटक सुत्केरी भएको भन्दै बिदाको निवेदन दिएर बिदा बसिन् ।

उनी पछिल्लो सात वर्षदेखि बिदामा घर बसिरहेकी छन् । जब अघिल्लो सुत्केरी बिदाको अवधि सकिन थाल्दछ, तब उनले पुनः सुत्केरी भएको भन्दै बिदाको निवेदन स्कुलमा पठाउँछिन् ।

तर वर्षौंसम्म हरेक वर्ष सुत्केरी भएको भनेर बिदामा बसिरहेकी ती महिलामाथि पछिल्लोपटक विद्यालय प्रशासनले शंका गर्यो । त्यसपछि ती महिलामाथि सुक्ष्म ढंगले अध्ययन गर्दा उनको कर्तुतको पर्दाफास भयो । वास्तवमा उनले बिदा बस्नका लागि सुत्केरीको झुटो बहाना बनाएको खुलेको छ ।

अन्ततः ती महिलाको ठगीको खुलासा भएसँगै विद्यालय प्रशासनले उनीमाथि कडा कारबाहीको प्रक्रिया अघि बढाएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment