Comments Add Comment

बाराबाट पक्राउ ८ अभियुक्तमध्ये ७ जना जरिवाना तिरेर छुटे

९ मंसिर, वीरगञ्ज । बारा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार ८ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जरिवाना तिराएर छाडिएको छ ।

इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी श्रीनगर बैरिया र अस्थायी प्रहरी चौकी गंगापुर बाराबाट खटिएको प्रहरी टोलीले फरार ८ अभियुक्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

पक्राउ पर्नेमा जितपुरसिमरा–१९ का ५० वर्षीय रामभाग्य राउत, कलैया उपमहानगरपालिका–१९ का ३५ वर्षीय मनोज भगत, कलैया–१९ का ५० वर्षीय रामप्रताप बैठा र पचरौता नगरपालिका–३ का धुपलाल दास बैरागी छन् । त्यसैगरी, अदालतको सजाय फैसलापछि फरार पचरौता–३ का वीरेन्द्रप्रसाद यादव, रामजिनिस प्रसाद कुशवाहा र रामचन्द्र हजरा दुसादलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

१ वर्ष कैद सजाय लागेका वन मुद्दाका प्रतिवादी रामभाग्य राउतलाई कारागार कार्यालय वीरगञ्ज पठाइएको र अन्य प्रतिवादी जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment