Comments Add Comment

सीमा बचाऊ अभियानद्वारा नेपालको वास्तविक नक्सा सार्वजनिक

८ मंसिर, काठमाडौं ।  सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

अभियानको नक्सा समितिले आइतबार काठमाडौैंमा पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकाले यसलाई अन्तराष्ट्रियकरण गरिने बताइएको छ ।

यो पनि पढ्नुहोस भारतीय नक्सामा हेर्नोस् ! कालीनदी कहाँ छ ?

कार्यक्रममा नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । अभियन्ता रिसालले सार्वजनिक गरिएको नक्सा सुगौली सन्धि अनुसारको भएको बताए ।

यो पनि पढ्नुहोस कालापानीमा भारतको अर्को झेल, नयाँ नक्सामा काली नदी गायब यो पनि पढ्नुहोस १२ नक्सामा हेर्नुहोस् कालापानीमा भारतले गरेको सीमा अतिक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment