+
+
Shares

गुल्मीमा २० जना उद्यमी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १३:१८

९ मंसिर, गुल्मी । गुल्मीमा ५ औं उद्योग दिवसको अवसरमा २० जना उद्यामी सम्मानित भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा सिलाइ कटाइ होजियारी, ढाका, डेरी, फलफूल तथा अचार उद्योग, क्रिस्टलका गहना, ब्युटि पार्लर, चाउमिन उद्योग, बेकरीलगायतका व्यवसाय गर्ने २० जना व्यवसायीलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यवसायीलाई जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सम्मान गरेका थिए । उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ राखिएको कार्यक्रममा विभिन्न उद्यमीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?