+
+
Shares

प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १४:१९

९ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएको छ ।

‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि साढे नौ बजे देखि एक घण्टा धर्ना दिएको हो ।

हातमा कालोपट्टि बाँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइनलगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिन धर्नामा बस्नुपरेको बताएका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले नियमावली संशोधन गर्ने प्रतिवद्धता जनाएको ४ महिनासम्म पनि काम नभएपछि आन्दोलनमा उत्रिएको बताए । उनले आफूहरुकोे माग पूरा नभए विकास, निर्माणका काम ठप्प हुने चेतावनी दिए ।

महासंघले नियमावली संशोधन नभए दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालोझण्डा सहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्ण रुपमा ठप्प पार्ने लगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?