Comments Add Comment

‘राम मन्दिर’को बिषयमा फिल्म बनाउँदै कंगना

नायिका कंगना रनावत अब चलचित्र निर्माण गर्दैछिन् । उनले, केही समय अगाडि नै आफू निर्माता बन्न लागेको उल्लेख गरेकी थिइन् । उनै, कंगनाले लामो समयदेखि चर्चामा रहेको राम मन्दिर विवादको बिषयमा चलचित्र बनाउने भएकी छिन् ।

उनले ‘अपराजित अयोध्या’ नाममा चलचित्र निर्माण गर्दैछिन्, जसको लागि उनले भारतको टप स्टूडियोसँग कुराकानी पनि अगाडि बढाइसकेकी छिन् ।

कंगनाले भारतीय मिडियासँग भनेकी छिन्–‘राम सन्दिर सयौ बर्षदेखिको ज्वलन्त बिषय हो । ८० को दशकमा जन्मिएकाले पनि मैले यो बिषयको बारेमा सुन्दै आएको छु । किनकी, जुन भूमीमा यस्ता राजाको जन्म भयो, जो बलिदानको प्रतिक थिए । उनको बिषय नै विवादित बन्न पुग्यो ।’

यो चलचित्रलाई ‘बाहुवली’का लेखक के.वी. विजयेन्द्र प्रसादले लेख्नेछन् । कंगना राम भक्तहरुको अटुट विश्वासका लागि यो चलचित्र एक प्रकारले श्रद्धाञ्जली पनि हुने दाबी गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment