+

साग खेल्ने विदेशी खेलाडीको ५ लाखको दुर्घटना बिमा

२०७६ मंसिर  ९ गते १५:१९ २०७६ मंसिर ९ गते १५:१९
साग खेल्ने विदेशी खेलाडीको ५ लाखको दुर्घटना बिमा

९ मंसिर, काठमाडौं । यही मंसिर १५ देखि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का सहभागी सबै विदेशी खेलाडी तथा खेलकर्मीलाई आयोजकले जनही पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा नेपालमा हुन लागेको दक्षिण एसिया क्षेत्रकै सबभन्दा ठूलो खेल मेलामा इन्स्योरेन्स पार्टनरका रुपमा सहभागी हुन पाएको भन्दै आइएमइ इन्स्योरेन्सका प्रमूख कार्यकारी श्रेष्ठले खुशी व्यक्त गरे ।

यसैगरी सागमा सहभागी हुने नेपाली खेलाडीलाई मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने, विशेष प्याकेज घोषणा गर्ने र एभीसी सेन्ट्रल जोनका विजेतालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको सदस्य सचिव सिलवालले जानकारी दिए ।

नेपाली खेलाडी प्रशिक्षक र अफिसियलको भने यसअघि नै १० लाख बराबरको बिमा भइसकेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय