Comments Add Comment

दाङमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास

९ मंसिर, दाङ । दाङको देउखुरीमा सर्पदंश उपचार केन्द्र भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । देउखुरीमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास भएसँगै यस क्षेत्रका बासिन्दा हर्षित बनेका छन् । लमही अस्पताल भवनको नजिकै सर्पदंश उपचार केन्द्र भवन निर्माण हुन लागेको हो ।

पश्चिममा नेपालगंजदेखि पूर्वमा कपिलवस्तुसम्म सर्पदंश उपचार केन्द्र नहुँदा यस क्षेत्रमा सर्पको डसाइबाट वर्षैनी धेरै जनाले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो ।

सर्पदंश भवनको शिलान्यास लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गरेका हुन् । भवनको शिलान्यास गर्दै नगरप्रमुख केसीले अब सर्पको डसाईबाट अकालमा कसैले ज्यान गुमाउन नपर्ने विश्वास व्यक्त गरे ।

नगर प्रमुख केसीले अस्तालमा औषधीको कमी हुन नदिने बताए । जनताको सेवाको लागि अस्पताल, नगरपालकिा लगायतका क्षेत्रमा काम गर्ने कर्मचारीले इच्छाशक्ति बढाउनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उप–प्रमुख देवका बेल्वासेले अस्पतालले दिने सेवाप्रति जनताले गुनासो गर्ने गरेको भन्दै अस्पतालको सेवा स्तरवृद्धिका लागि अस्पतालमा कार्यरत चिकित्सकहरुले सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले भवन निर्माणमा ठेकदारले इमान्दारीता, प्रतिवद्धता र सम्झौता अनुसारको काम हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

लमही नगरपालिकाका इञ्जिनियर विजयदेव चौधरीले २ करोड ७ लाख रुपैयाँको बजेटमा सर्पदंश उपचार केन्द्र भवनको निर्माण ०७७ साल साउन ६ गतेसम्म निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको बताए ।

डोको कन्सलटेन्ट एण्ड कन्सट्रक्सन प्रा।लि र लमही नगरपालिकाबीच भएको सम्झौता अनुसार उक्त भवनको कुल लागत रकम २ करोड ७ लाख १८ हजार ७ सय नब्बे रुपैयाँ रहेको विवरण उनले प्रस्तुत गरेका थिए ।

सर्पदंश उपचार तालिम

दाङको लमही नगरपालिकाले लमही अस्पतालबाट सर्पदंशको उपचार प्रभावकारी रुपमा संचालन गर्न देउखुरीका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम प्रदान गरेको छ ।

लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सर्पदंशको उपचारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तालिम प्रदान गरिएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए । लमही नगरपालिकाले लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई दक्ष बनाउन थालको हो ।

लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई तालिमको व्यवस्था गरिएको प्रमुख केसीले बताए । सर्पले डसेकाहरु उपचारको लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटाउने उदेश्यका साथ तालिमको व्यवस्था गरिएको उनले बताए ।

स्वास्थ्य सेवा विभागका डा. समिरकुरमार अधिकारी र काठमाडौं स्वास्थ्य सेवा विभाग सर्पदंश विशेषज्ञ डा.कृष्णप्रदास सुबेदीले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment