+
+
Shares

बेत्रावतीमा बेलिब्रिज जडान सुरु

हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते २०:०७

१६ असोज, काठमाडौं । रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै बेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसन निर्माणको कामसमेत अघि बढाइएको थियो । हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन् ।

अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माण सामग्री निर्माणस्थलसम्म पुर्‍याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिए । निर्माणस्थलमा आवश्यक सामग्री पुर्‍याउने काम भइरहेको र त्यससँगै बेलिब्रिज जडान प्रक्रिया अघि बढाइएको हो ।

बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध  रसुवासँगको मुख्य सडक सञ्जाल पुन: औपचारिक रूपमा जोडिने छ । यससँगै रसुवातर्फको यातायात आवागमन सहज हुनुका साथै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनर्स्थापित हुने अपेक्षा गरिएको छ ।

बाढीले क्षति पुर्‍याएको सडकखण्डमा तत्काल यातायात सञ्चालनका लागि अस्थायी ट्र्याक निर्माण र दीर्घकालीन रूपमा सडक पूर्वाधार पुनर्स्थापनाका कामलाई सँगसँगै अघि बढाइएको मन्त्री लम्सालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?