Comments Add Comment

टी–१० लिगबारे पारस : पाएको अवसर सदुपयोग गर्ने प्रयास गरेँ

सागमा हाम्रो लक्ष्य स्वर्ण नै हो

९ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय टिमको कप्तानी पद छाडे लगतै पारस खड्काले दुबईको टी–१० लिग खेल्ने अवसर पाए । यसलाई उनको अन्तराष्ट्रिय फ्रेन्चाइज लिगको उडानको सुरुवात मानिएको थियो ।

टीम अबुधाबीमा आवद्ध भएका उनले सुरुवाती दुई र अन्तिमका ए खेलमा अवसर पाए । सुरुवाती दुई खेलमा छैटौं नम्बरमा ब्याटिङ गर्न गएका उनले निकै कम बल फेस गर्न पाए । पहिलो खेलमा तीन बलको सामना गरेका उनले अविजित तीन रन बनाए भने दोस्रो खेलमा मात्र एक बल सामना गरे र एक रनमै अविजित रहे ।

अन्तिम खेलमा ब्याटिङ गर्न पाएनन् तर बलिङमा अवसर पाएका उनले एक विकेट लिए । शनिबार राति दुबईबाट काठमाडौं फर्किएका उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि क्रिकेटको प्रशिक्षणमा आवद्ध छन् । टी–१० को अनुभव र सागबारे खड्कासँग गरिएको कुराकानीको सम्पादित अंशः

कस्तो रह्यो पहिलो अन्तर्राष्ट्रिय फेन्चाइज लिगको अनुभव ?

राम्रो अनुभव भयो । त्यो वातावरणमा पहिला खेलिएको थिएन । अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेटरहरु र प्रशिक्षकहरुसँग बस्नु मेरो लागि पनि नौलो अनुभव थियो । त्यहाँ धेरै कुरा सिक्न पाइयो । त्यो लेभलमा आफूलाई अगाडि बढाउने प्रयास गरिरहनु पर्छ । अवसर भनेको जे जति आए पनि आफूले धेरैभन्दा धेरै प्रयास गर्नुपर्छ । त्यसैले समग्रमा राम्रो रह्यो ।

टिममा आवद्ध भएपछि सुरुवाती अभ्यासहरु कस्तो थियो ?

म्याच र प्राक्टिस सिनारियोहरु गरिएको थियो । त्यो प्रशिक्षकहरुका लागि खेलाडीहरु एकै ठाउँमा आएपछि को कस्तो अवस्थामा छन् हेर्ने मौका हो । उहाँहरुले सुरुको दुई खेलमा प्लेइङ ११ मा मौका दिनुभयो ।

त्यहाँ धेरै कुरा सिक्न पाइयो । त्यो लेभलमा आफूलाई अगाडि बढाउने प्रयास गरिरहनु पर्छ । अवसर भनेको जे जति आए पनि आफूले धेरैभन्दा धेरै प्रयास गर्नुपर्छ ।

धेरै खेलाडी टेष्ट खेलिसकेका हुनुहुन्थ्यो । एसोसिएट नेशनका खेलाडीहरुलाई एकाध अवसर दिइयो । मैले तीनवटा खेल खेल्न पाएँ । सुरुवातमा यो राम्रै हो किनकी सुरुमा नै सबै खेल्न पाउने अपेक्षा गर्न सकिँदैन ।

कुनै पनि खेलाडीले आगामी दिनमा अवसरको अपेक्षा गर्ने हो भने पहिले त देशका लागि राम्रो खेल्नुपर्‍यो । त्यसपछि मात्र फ्रेन्चाइज लिगहरका लागि अवसरहरु आउँछन् ।

तीन खेलमा प्लेइङ सेटमा पर्नुभयो, तर छैटौं नम्बरमा ब्याटिङ गर्न जानुपर्दा धेरै समय क्रिजमा बिताउन पाउनुभएन । आफ्नो क्षमता प्रमाणित गर्न समय पर्याप्त भएन कि ?

होइन, त्यसो भन्न मिल्दैन । टिममा धेरै राम्रा क्रिकेटर थिए र, जुन लेभलको क्रिकेट खेलिरहेका थियौं, त्यहाँ ब्याटिङ नम्बर जुन भए पनि त्यसमा आफू फिट हुन सक्नुपर्छ । मैले राम्रो खेल्ने भन्दा पनि टिमले कतिको राम्रो गरेको छ भन्ने हो । मलाई लाग्छ, सबै जना राम्रो टचमा थियौं ।

जहाँसम्म ब्याटिङ अर्डरको कुरा छ, टी–१० लिग हो, तल्लो अर्डरले खासै ब्याटिङ गर्न पाउँदैन । पाएको अवसर सदुपयोग गर्न प्रयास गरेँ ।

एउटा ब्याट्सम्यानका लागि टी–२० र टी–१० मा के फरक हुँदोरहेछ ?

अझ फास्ट । किनभने तपाईसँग समय नै हुँदैन ।

हुन त टी–२० मा पनि समय लिन सकिँदैन भनिन्छ । तर सायद अलिकति लिन सकिन्छ । तर टी–१० मा पहिलो दोस्रो बलबाटै ब्याट्सम्यान चार्जमा हुनुपर्छ ।

यस्तो क्रिकेटमा कुनै शालीनता हुँदैन । ६० बल भनेको ६० इभेन्ट, त्यो कसरी जित्ने भन्ने हो । त्यसले गर्दा टी–२० भन्दा फास्ट र चाडो निर्णय लिनुपर्ने रहेछ ।

उसो भए यसो एशोसिएट नेशनका उदयमान खेलाडीहरुलाई खेल्नै गाह्रो हुन्छ ?

क्रिकेट नै हो । आखिर टी–२० होस् कि टी–१० । खेल्न मैदानमा गइसकेपछि हरेकले आफ्नो उत्कृष्ट दिन प्रयास गरिरहेका थिए । मलाई लाग्छ, उनीहरु र हामीबीच धेरै फरक छैन । छोटो फर्म्याट र इन्टेनसिटी चाहिँ अझै हाइ हुन्छ । टी–२० मा पानी परेर १० ओभर खेल भएको जस्तो । त्यसमा पनि तीन ओभर पावर प्ले । एउटा बलरले दुई ओभर मात्र पाउने भएकाले अझ प्रतिस्पर्धात्मक पनि ।

टी–१० मा ब्याट्सम्यानभन्दा बलरलाई बढी अवसर हो ?

त्यस्तो पनि होइन । अवश्य पनि ब्याट्सम्यानहरु हार्ड नै आउने सम्भावना हुन्छ । हरेक ओभरमा विकेट गए पनि पुरै ओभर खेल्न सकिन्छ भने जस्तो । तर व्याटिङ होस् कि बलिङ, सजिलो छैन ।

ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै डिपार्टमा तपाई कुशल हुनुपर्छ । हरेक बलमा ब्याट्सम्यान ठूलो सर्ट खेल्ने प्रयासमा हुन्छ, बलर विकेट लिने प्रयासमा हुन्छ । फिल्डर पनि त्यहीअनुसार तयार रहन्छ । र, ६० बलको हरेक इन्भेन्टमा हरेक खेलाडीले आफ्नो उत्कृष्टता देखाउने प्रयास गर्छन् ।

तपाईले टिमको अन्तिम खेलमा अवसर पाउनुभयो । तर त्यो टिममा आवद्ध भएका सन्दीप लामिछानेलाई खेलाइएन । त्यो खेलबारे केही भन्न चाहनुहुन्छ ?

हरेक टिमको आफ्नो कम्पोजिसन छ । दुर्भाग्यवश अन्तिम खेल अगाडि नै दुबै टिम प्रतियोगिताबाट बाहिरिसकेका थिए । त्यसैले प्रशिक्षकहरुले अरु खेलाडीलाई अवसर दिएकाले मैले पनि टिमको अन्तिम खेलमा खेल्न पाएँ ।

र महत्वपूर्ण कुरा, फ्रेन्चाइज क्रिकेट खेल्दा आफ्नै टिममेटसँग पनि खेल्नुपर्ने हुन्छ, टिममेटविरुद्ध पनि खेल्नुपर्ने हुन्छ । घरेलु फ्रेन्चाइज लिगहरुमा पनि खेलेकै हौं ।

करियरको पहिलो फ्रेन्चाइज लिग थियो । र, दुबई जाने बेलामा तपाईंले टी– १० ले चर्चित फ्रेन्चाइज लिगहरुका लागि नक गर्ला भन्ने अपेक्षा राख्नुभएको थियो । फर्कदा चाहिँ के निष्कर्ष निकाल्नुभयो ?

त्यस्तो अहिले केही छैन । टी–१० मा पनि छनोट हुन्छु भनेर सुरुमा थाहा थिएन । ड्राफ्टमा पनि नाम हालेको थिइनँ । तर टिम म्यानेजमेन्टले कल गरेपछि खेल्नका लागि एउटा अवसर आयो । म गएँ र खेलेँ । त्यसैले आगामी दिनमा के हुन्छ थाहा छैन ।

धेरै प्रतियोगिताहरु भइरहेको छ, खेलाडीहरुलाई पनि थरीथरीको अवसर सिर्जना भएको छ । यदि अवसर आउँछ भने आफूले आफूलाई सावित गर्न प्रयास गर्छु । अहिलेचाहिँ कुनै ग्यारेन्टी छैन ।

एक सातापछि नेपालमै हुने दक्षिण एसियाली खेलकुद (साग) खेल्नु हुन्छ नि होइन ?

हामी स्वर्ण पदक जित्न चाहन्छौं । यो हाम्रो लक्ष्य हो, यसमा कुनै शंका छैन ।

अवश्य खेल्छु । कप्तान छाडेपछि केही समय ब्रेक लिन्छु भनेको थिएँ । अब अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन तयार छु । र, साग खेल्न र एउटा खेलाडीका रुपमा टिमको जितका लागि योगदान गर्न चाहन्छु ।

यो पटक बंगलादेश, श्रीलंका मात्र होइन, माल्दिभ्स र भुटान पनि राम्रो टिम छन् । कुनै पनि टिमबाट चुनौती आउन सक्छ । मान्छेले भन्दा भुटान हो, माल्दिभ्स हो भन्न सक्छन् तर टी-२० मा कुनै पनि खेल सजिलो हुने छैन ।

हामी स्वर्ण पदक जित्न चाहन्छौं । यो हाम्रो लक्ष्य हो, यसमा कुनै शांका छैन । घरेलु मैदान भएकाले आशा गरौं, हामीले हाम्रो उत्कृष्ट क्रिकेट खेल्न सक्छौं ।

तर पछिल्ला प्रतियोगिताहरुमा पनि नेपालको ब्याटिङमा नै समस्या देखिएको छ । अहिले अभ्यासमा कस्तो भइरहेको छ ?

मैले भन्दै आएको छु, व्याटिङ जहिले पनि समस्या हो । जति सुधार गर्न खोजे पनि एउटा बलमा व्याट्सम्यान आउट हुन्छ । हाम्रो हकमा पनि हामीले राम्रो गर्न प्रयास गरिरहेका छौं । तर पफर्मेन्स हुन्छ नै भनेर ग्यारेन्टी पनि छैन ।

सागमा भारत र पाकिस्तानको अनुपस्थितिलाई चाहिँ कसरी लिनु भएको छ ?

उहाँहरु आएको भए अझ राम्रो हुन्थ्यो । भर्खर मात्र इमर्जिङमा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका थिए । पाकिस्तानले उपाधि जित्यो । त्यस्तो टिम आएको भए अझ राम्रो क्रिकेट खेल्ने अवसर हुने थियो । तर दुर्भाग्य आएनन् । तर किन आएनन् भन्ने हामीलाई भन्दा पनि क्रिकेट एशोसिएसन, राष्ट्रिय खेलकुद परिषद् वा ओलम्पिक कमिटीलाई थाहा होला ।

व्यक्तिगत रुपमा तपाईंका लागि घरेलु मैदानमा सागको स्वर्णले कति अर्थ राख्छ ?

यो पटक बंगलादेश, श्रीलंका मात्र होइन, माल्दिभ्स र भुटान पनि राम्रो टिम छन् । कुनै पनि टिमबाट चुनौती आउन सक्छ । मान्छेले भन्दा भुटान हो, माल्दिभ्स हो भन्न सक्छन् तर टी-२० मा कुनै पनि खेल सजिलो हुने छैन ।

हामी स्वर्ण पदक जित्न चाहन्छौं । यो हाम्रो लक्ष्य हो, यसमा कुनै शंका छैन ।

र, यो, स्वर्ण मैलेभन्दा पनि नेपालले जित्ने हो । मैले सधैं भन्दै आएको छु कि देशका लागि खेल्न पाउनु नै गौरवको कुरा हो । अझ सागमा हत्तपत्त क्रिकेट हुँदैन । यो पटक घरेलु मैदान छ र यो स्वर्ण जित्नका लागि एउटा अवसर हो । यस्तो मौका वारम्बार नआउँला र त्यसैले हामीले राम्रो गर्ने प्रयास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment