+

काभा यू-१९ महिला भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

२०८२ कात्तिक  २२ गते १८:०८ २०८२ कात्तिक २२ गते १८:०८
काभा यू-१९ महिला भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले काभा यू-१९ महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।
  • नेपालले माल्दिभ्समाथि २५-११, २५-३ र २५-५ को एकपक्षीय जित निकालेको छ।
  • नेपालले उपाधिका लागि कीर्गिस्तानसँग खेल्नेछ।

२२ कात्तिक, काठमाडौं । नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोफगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले माल्दिभ्समाथि २५-११, २५-३ र २५-५ को एकपक्षीय जित निकालेको हो ।

नेपालले अब उपाधिका लागि कीर्गिस्तानसँग खेल्नेछ । कीर्गिस्तानले आजै भएको अर्को सेमिफाइनलमा श्रीलंकालाई ३-० कै सेटमा हराएर फाइनलमा पुगेको हो । समूह चरणमा श्रीलंकासँग हारेको बदला लिँदै कीर्गिस्तानले

नेपाल यसअघि लिग चरणमा कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

फाइनल खेल आइतबार हुँदैछ ।

काभा यू-१९ महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय