+

काभा यू-१९ महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ ले पराजित

२०८२ कात्तिक  १८ गते २०:४३ २०८२ कात्तिक १८ गते २०:४३
काभा यू-१९ महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ ले पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कोलोम्बोमा सुरु भएको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ।
  • नेपालले खेलमा २-१ को अग्रता बनाएपनि अन्तिम दुई सेट गुमाउँदै हार व्यहोरेको हो।
  • कीर्गिस्तानले २ अंक जोड्दा नेपालले १ अंक पाएको छ ।

१८ कात्तिक, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा मंगलबारदेखि सुरु भएको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ ।

कोलोम्बोस्थित सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा भएको निकै प्रतिस्पर्धात्मक नेपाल कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको हो ।

नेपालले कुनै समयमा खेलमा २-१ को अग्रता बनाएपनि त्यसपछि लय कायम नराख्दा अन्तिम दुई सेट गुमाउँदै हार व्यहोरेको हो ।

पहिलो सेट नेपाल २५-२२ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो । तर दोस्रो सेट कीर्गिस्तानले २५-१४ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो ।

तेस्रो सेट नेपालले २५-१८ आफ्नो पक्षमा पार्दै खेलमा खेलमा २-१ को अग्रता बनायो ।

नेपाललाई बाँकी दुई मध्ये एक सेट जितेपनि खेल जित्ने अवसर थियो । तर प्रतिस्पर्धात्मक चौथो सेट कीर्गिस्तानले २५-२२ ले आफ्नो बनाउँदै खेल पाँचौ सेटमा पुर्‍यो ।

पाँचौ तथा निर्णायक सेट कीर्गिस्तानले १५-९ ले सहजै जितेर खेल जित्यो ।

जितपछि कीर्गिस्तानले २ अंक जोड्दा पराजित भएपनि नेपालले १ अंक पाएको छ ।

यसअघि मंगलबारै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई सोझो सेटमा हराएर ३ अंक जोडेको छ ।

काभा यू-१९ महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय