+
+
Shares

रोनाल्डोसँग मेरो सम्बन्ध राम्रो छ : सारी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १४:०३

१० मंसिर, काठमाडौं । युभेन्टसका माउरिसियो सारीले स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन् ।

च्याम्पियन्स लिगमा युभेन्टसले एथ्लेटिको मड्रिडसँग खेल्दैछ तर ३४ वर्षका रोनाल्डो फिट हुनेमा शंका छ । यद्यपि युभेन्टस नकआउट चरणमा पुगिसकेको छ ।

एसी मिलानविरुद्धको खेलमा भने सारीले रोनाल्डोलाई ५५ औं मिनेटमा सब्सिच्युट गरेका थिए । त्यसपछि उनले पोर्चुगलका लाथि खेले ।

लग्जम्बर्गलाई २–० ले हराउँदै एक गोल गरेका उनले पुरै ९० मिनेट खेलेका थिए । लिथुआनियाविरुद्धको खेलमा पनि उनले ८३ मिनेटसम्म खेलेका थिए ।

तर आइतबार युभेन्टसले एटलान्टासँग खेल्दा घुँडामा आएको समस्याका कारण उनलाई आराम दिइयो । ‘क्रिष्टियानोले आइतबार टिममेटसँग अभ्यास गरे’ प्रशिक्षक सारीले भने, ‘उनको अवस्थामा सुधार भएको छ तर अझै हामीले उनको अवस्थाबारे मूल्यांकन गर्नुपर्छ ।’

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?