Comments Add Comment

पर्यटकको स्वागत गर्न विमानस्थलमा विद्यार्थी स्वयमसेवक

१० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटिने भएका छन् ।

प्यासिफिक एसिया ट्राभल एशोसिएशनले आफ्नो स्टूडेन्ट च्याप्टरमार्फत स्वयमसेवीका रुपमा विमानस्थलमा विद्यार्थीलाई खटाउने भएको हो । यसमा त्रिभुवन विमानस्थलले सहयोग गर्ने भएको छ ।

टूरिजम तथा हस्पिटालिटी सम्बन्धी कलेजमा अध्ययन गरिरहेका विद्यार्थीको प्रयोगात्मक परीक्षाको एक पाटोका रुपमा त्रिभुवन विमानस्थलमा पर्यटकको स्वागत र सहजीकरणमा विद्यार्थीहरु खटाउन लागिएको पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडालले जानकारी दिए । उनका अनुसार तीन ‘सिफ्ट’मै विद्यार्थी स्वयमसेवकका रुपमा खटिने छन् ।

नेपाल आउने पर्यटकलाई मिठो बोल्दै स्वागत गर्ने, उनीहरुलाई सहजीकरण गर्ने काममा विद्यार्थी खटिने भएका छन् । त्यसका लागि खटिने विद्यार्थीलाई दैनिक खाजा खर्चको व्यवस्था गरिने भएको छ । अहिले विमानस्थलमा खटिजे विद्यार्थीहरुलाई पर्यटकसमक्ष गर्ने व्यवहारबारे जानकारी गराउन तालीम दिने काम भइरहेको छ ।

त्रिभुवन विमानस्थलमा कर्मचारी झर्कने, पर्यटकलाई वास्ता नगर्ने गरेको भन्दै यात्रुले गुनासो गर्छन् । खासगरी अति भीड हुने समयमा कर्मचारीले व्यवस्थापनमा ध्यान दिन नसक्ने अवस्था रहेको छ । यसमा विद्यार्थीले सहयोग गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment