
फाइल फोटो ।
१२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा सडक बनाउने क्रममा ढिस्कोले पुरिएर बिहीबार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको बबई गाउँपालिकाका–१ का ३१ वर्षीयको प्रेम पुन र प्रकाश घर्ती छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार बाटो बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो । दुवै जनाको शव अहिले ओम समाज अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4