Comments Add Comment

भारतसँग खेल्दा जहिलेसुकै प्रेसर हुन्छ : भलिबल प्रशिक्षक भट्ट

१२ भदौ, काठमाडौं । नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले भारतसँग खेल्दा जहिले पनि दबाब हुने बताएका छन् ।

बिहीबार भारतसँगको खेल ३–० को सेटमा गुमाएपछि उनले भारतसँग खेल्दा दबाब महसुस हुने प्रतिक्रिया दिएका हुन् । ‘भारतसंग हारे पनि हामी सेमिफाइनल पुग्ने सम्भावना बलियो छ ।

भारत राम्रो टिम हो र उनीहरुसंग खेल्दा जहिल्यै प्रेसर हुन्छ । भारतसंग समूह चरणमा खेल्दाको अनुभवले सेमिफाइनलमा फाइदा पुग्छु उनले भने । नेपालले यसअघि बुधबार बंगलादेशलाई पराजित गरेको थियो । भारतसँगको खेल गुमाए पनि सेमिफाइनल प्रवेशको सम्भावना भने जीवितै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment