Comments Add Comment

८८२ क्यान्सर रोगीले लिए नेवानीको सहुलियत टिकट

१३ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)ले एक वर्षभित्र ८ सय ८२ जना क्यान्सर रोगीलाई रोगबाट नि:शुल्क टिकट पीडित बिरामीलाई निःशुल्क र सहुलियत दरमा हवाई टिकट उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७५/७६ मा सो टिकट वितरण गरिएको हो ।

निगमले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर रोगबाट पिडित बिरामीलाई निःशुल्क र सहुलियत दरका टिकट उपलब्ध गराउँदै आएको छ । निगमका आन्तरिक तथा बाहृय उडानमा यस्तो टिकट उपलब्ध हुन्छ ।

क्यान्सर रोगीका लागि पहिलोपटक निःशुल्क र बिरामी कुरुवाका लागि ५० प्रतिशत छूटमा टिकट उपलब्ध हुन्छ । दोस्रो पटक बिरामीले ५० प्रतिशत छूट र तेस्रो पटकको यात्रामा २५ प्रतिशत छूटमा टिकट पाउँछन् ।

खासगरी नेपालबाट भारतका विभिन्न शहरमा उपचारका लागि जाने क्यान्सर रोगीले यो छुटको उपभोग गर्दै आएका छन् । निगमले भारतको नया दिल्ली, मुम्बई, र बैंलौरमा उडान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment