+
+
Shares

स्वरुप लेख्छन्–‘कथा–पटकथा भन्दा व्यवसायिक निर्देशक रोज्नमा मिहिनेत गर्नुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १३:२२

व्यक्तिगत विचार भन्दै गायक तथा कलाकार स्वरुपराज आचार्यले प्रोफेसनल निर्देशक छान्न आग्रह गर्दै लामो स्टाटस कोरे । हप्तैपिच्छे निर्माताहरु सडकमा आइरहनुको कारण व्यवसायिक निर्देशक छान्न नसक्नु रहेको तर्क स्वरुपको छ ।

स्वरुप लेख्छन्–‘निर्देशक त्यो सफल हो जसले निर्मातालाई सुरक्षित गराउँछ, नकी विचमै अलपत्र पार्छ । त्यसैले पहिले निर्माताहरुले व्यवसायिक निर्देशक नै छान्नुपर्छ जसले जसरी पनि निर्माता बचाएर राम्रो चलचित्र बनाउँछ ।’ उनले प्रोफेसनल निर्देशकको परिभाषा दिदै लेखेका छन्–‘चलचित्र निर्माणदेखि प्रदर्शनसम्म निर्मातालाई सँगै सिकाउँदै, डोर्याउँदै लैजाने र सकेसम्म उसको लगानी बचाइदिने वा सकभर फाइदा गराइदिने निर्देशक नै व्यवसायिक निर्देशक हुन् ।’

उनले चलचित्र निर्माण गर्दा कथा, पटकथामा मिहिनेत गरेको भन्दा बढी मिहिनेत व्यवसायिक निर्देशक छान्नमा खर्च गरेको खण्डमा करोडबाट रोडमा आउने क्रम रोकिने दाबी समेत गरेका छन् । साथै, यस्ता निर्देशक छानेको खण्डमा लगानीको अनुमान भन्दा बढी खर्च गराएर विचमै अलपत्र पारिदिने निर्देशक विस्तारै पाखा लाग्दै जाने उनको तर्क छ ।

स्वरुपले केही चलचित्र निर्माण समेत गरिसकेका छन् । उनले, चलचित्र बनाउनेले कथा पटकथामा मिहिनेत गरेको भन्दा धेरै व्यवसायिक निर्देशक छान्न मिहिनेत गर्न सुझाव दिनुको पछाडि पक्कै पनि केही कारण होला ।

यसमा थप कुरा उल्लेख गर्दै अर्का निर्माता तथा एफडी कम्पनीका एमडी सुशिल पोखरेल लेख्छन्–‘अधिकांश निर्देशकले कलाकार प्राविधिकको पारिश्रमिकबाट कमिसन खान्छन्, छायांकारसँग मिलेर महंगो महंगो अनावश्यक लाइट मागेर कमिसनका लागि निर्माता मार्छन् । प्रोडक्शन म्यानेजरले पनि दह्रै हान्छन् । ४ रुपैयाको रायोको सागमा पनि नाफा खान्छन् । घरमा सुकुलमा सुत्नेलार्य महंगो एसी कोठा चाहिन्छ । एक सिन ७ ठाउँमा खिच्छन् अनी चलचित्र डुबेपछि निर्माताले गफ दियो, त्यत्रो बजेट कहाँ लाग्नु भन्दै हिड्ने निर्माताको बहुमत छ ।’

उनले, अब यस्तो सोच बोक्ने निर्देशकको युग समाप्त हुन लागेको ठोकुवा समेत गरेका छन् । उनले, अब निर्माता बचेपछि मात्र हामीलाई प्रतिशत देउ भन्ने दिपकराज गिरी जस्ता कलाकारको आगमनले खुशी मिलेको पनि उल्लेख गरेका छन् ।

स्वरुप र सुशिलको यो कुरालाई धेरै निर्माताले समर्थन समेत गरेका छन् । सुशिल र स्वरुपको कुराले चलचित्र क्षेत्रमा नयाँ खालको बहस निम्त्याएको छ । पटकथा, कथा र कलाकारलाई लिएर हुँदै आएको बहस अब निर्देशकको हकमा पनि गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?