+
+
Shares

उपचुनाव : खानेपानी मन्त्री बीनाले भोट हालिन, विद्या लाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १४ गते १०:५८

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर सहभागी भएकी छन् । मगर कञ्चनपुरको पुनर्वासकी मतदाता हुन् ।

उनले पुनर्वास–३, कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर शनिबार बिहानै मतदान गरेकी छन् ।
प्रमुख सत्तारू दल नेकपाको कास्की–२ की उम्मेदवार विद्या भट्टराईले पनि केहीबेरअघि मतदान गरेकी छन् ।

उनले पोखरा–३३ को शान्ति उदय मावि पुगेर मत खसालेकी हुन् । उनले अन्य मतदाताजस्तै लाइनमा बसेर भोट खसालेकी हुन्।

कांग्रेस उम्मेदवार खेमराजले भने आफैंलाई मत हाल्न पाउने छैनन् । उनी कास्की क्षेत्र नम्बर ३ भुम्दीवासी हुन् ।

त्यस्तै, कास्की–२ कि साझा पार्टीकी उम्मेदवार रजनी केसीले पनि भोट हालेकी छन् । नवीन स्कुल, गैर्हापाटन, पोखरा पुगेर केसीले बिहान ७ बजे मतदान गरेकी हुन् ।

धरान उपमहानगरपालिकाका सत्तारूढ नेकपाका उम्मेदवार प्रकाश राईले पनि मतदान गरेका छन् । कांग्रेस उम्मेदवार तिलक राईले भने मतदान गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?