Comments Add Comment

ब्याडमिन्टनमा नेपाल सेमिफाइनलमा

१५ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टनमा मेन्स टिम इभेन्टमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरास्थित ब्याडमिन्टन कोर्टमा भएको खेलमा नेपाली टिमले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालका रत्नजीत तामाङले भुटानका खेलाडी अनिश गुरुङलाई २१-६, २१-९ को सोझो सेटले पराजित गरे । प्रतिष्पर्धामा नेपाली खेलाडी दिपेश धामीले भुटानका नैदुप दोर्जे २१-१३, २१-१४ सोझो सेटमा सहज जित निकाले ।

त्यस्तै प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१-१२, २१- ५ को सेटमा पराजित गरेपछि नेपाल मेन्स टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

महिलातर्फ टिम इभेन्टमा नेपाल र बंगलादेशबीच खेल भएको थियो । खेलमा नेपालकी नङसाल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१-१८, १५-२१ र २१-१७ को सेटमा पराजित गरिन् । त्यस्तै, रशीला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८-२६ र २१-१९ को सेटमा पराजित गरिन् ।

आइतबार नै भएको अर्को खेलमा जेशिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २-० को सोझो जीत निकालेकी छिन् । उनले पहिलो २१-१८ र दोस्रोमा २२-२० अंकले जित निकालिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment