Comments Add Comment

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाको अग्रता

१५ मंसिर, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षको लागि भएको उपनिर्वाचनमा नेकपाले शुरुवाती अग्रता लिएको छ । मतगणनाको पछिल्लो विवरण अनुसार नेकपाका वीरबहादुर कुरुम्बाङ १८०६ मतका साथ अगाडि छन् ।

उनलाई नेपाली कांग्रेसका बृजहाङ आङ्देम्बेले १५८१ मतका साथ पछ्याइरहेका छन् । समाजवादी पार्टीले विमला लिम्बु १२१ मत पाउँदा राप्रपाले १६ र राप्रपा संयुक्तका उम्मेदवारले २३ मत पाएका छन् ।

फाल्गुनन्द गाउँपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लिम्बुवानले २६ मत प्राप्त गरेको छ । सो गाउँपालिका अध्यक्षमा यसअघि नेपाली कांग्रेसका अमर नेम्वाङ बिजयी भएका थिए ।

हृदयघातबाट उनको निधन भएपछि उपचुनाव हुन लागेको हो । नेपाली कांग्रेसका नेता तथा अनुशासन समितिका सभापति भीष्म आङदेम्बे सोही गाउँपालिकाका मतदाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment