+
+
Shares

स्थानीय तहलाई सचेत गराउँदै अख्तियारले दियो ६१ बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १८:०५

१५ मंसिर, काठमाडौं । स्थानीय तहहरुमा व्यापक अनियमितता भइरहेको विषयमा उजुरीको संख्या बढेको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगले ६१ बुँदे सुझाव दिएको छ । अख्तियारका अनुसार आफ्नो मातहतमा कार्यालयहरुमा आउने उजुरीमध्ये ३४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन् ।

स्थानीय तहहरुको सभाबाट स्वीकृत नगराई बजेट जथाभावी खर्च गर्ने, पुँजीगत शिर्षकबाट चालुमा बजेट रकमान्तर गर्ने लगायतका धेरै अनियमित काम हुने गरेको पाइएपछि सुझाव दिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । कानूनमा तोकिएको भन्दा बढी रकमान्तर गर्ने गरेको देखिएका कारण संविधाको धारा ५९ को उपधारा (३), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९ अनुसार बजेट खर्चमा ध्यान दिन सचेत गराईको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?