+
+
Shares

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश

अन्तरिम आदेशका लागि मंसिर १४ गते छलफलमा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते २१:१२

९ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश रत्‍नबहादुर बागचन्दको एकल इजलासले विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

यस्तै, निवेदकहरूले माग गरेको अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गर्न मंसिर १४ गतेका लागि पेसी तोकिएको छ ।

नेपाल पर्यटन बोर्डको सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूचीका आधारमा अघि बढाइने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदक परेको थियो ।

बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया, वरिष्ठ अधिकृत प्रज्ञा घिमिरे, ज्ञानेश्वरप्रसाद सिंह महतोले दर्ता गराएका थिए ।

रिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र कार्यकारी प्रमुख छनोट उपसमितिलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?