Comments Add Comment

सिद्धबाबालाई अस्पतालमै छाडेर फर्कियो प्रहरी

१५ मंसिर, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहदुर गिरीलाई पक्राउ गर्नका लागि विराटनगरको विराट नर्सिङहोम पुगेको प्रहरी खालीहात फर्किएको छ । आइतबार बलात्कार आरोपी सिद्धबाबालाई पक्राउका लागि पुगेको प्रहरी टोली रित्तो हात फर्किएको हो ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माको नेतृत्वमा प्रहरी टोली अस्पताल पुगेको थियो । सिद्धबाबालाई अदालतमा पेस गर्नका लागि दिनभर पर्खिएको प्रहरी टोली करिब तीन बजे सुनसरी फर्किएको हो ।

विराट नर्सिङहोमले गिरीलाई हृदयघात भएको बताउँदै आइसियूमा भर्ना गरेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी शर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस बलात्कार आरोपी सिद्धबाबा ‘हृदयाघात’ भएको भन्दै आईसीयूमा

आइतबार बिहान आफ्ना सुभचिन्तक र अनुयाायीसँग गफ गरिरहेका सिद्धबाबालाई कबिर ११ बजे आइसीयूमा भर्ना गरिएको थियो । गिरीको आइसियूको १० नम्बर बेडमा उपचार भइरहेको छ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै अदालत लैजान भन्दै डिएसपीको नेतृत्वमा प्रहरी टोली आएको थियो । तर चिकित्सकले उनलाई हर्ट एट्याक भएकाले बाहिर लान नमिल्ने बताएका थिए ।

गिरीको उपचारमा संलग्न चिकित्सक डाक्टर ज्ञानेन्द्र गिरीले गरिरहेका छन् । बरिष्ट मुटुरोग विषेशज्ञ डाक्टर गिरीले माइनर हर्ट अट्याक बढेपछि आइसियूमा राखेर उपचार सुरु गरिएको बताए । ‘माइनर हर्ट अट्याक भएपनि जोखिम उच्च भएका कारणले आफूले रिक्स लिन नचाहेको उनले बताए । ‘हर्ट एट्याकका कारण मुटुका चाल बढेपछि आइसियूमा भर्ना गरिएको छ ।’ उनले भने ‘यस्तो अवस्थामा चिकित्सकको निगरानी आवश्यक छ ।’

गत कात्तिक ४ गते आफूमाथि बलात्कार गरेको दाबि गर्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।

यो पनि पढ्नुहोस सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

उनलाई छात्ती, मुटु तथा प्रोस्टेट तथा मृर्गाैलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो ।

सिद्धबाबाको उपचारमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेत्रृत्वको चिकित्सक टोली खटिएको छ । प्रहरीको निगरानीमा उपचार गराइरहेका गिरीले बिहान १० बजेसम्म आफ्ना अनुयायी र सुभचिन्तकसँग भेटघाट गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment