+
+
Shares

प्रवासी नेपालीलाई कमल थापाको आग्रह : राष्ट्रिय एकताका लागि हस्तक्षेपकारी भूमिका खेल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १३:४१

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको राष्ट्रिय एकताको आधारहरुको पहिचान र पुनःस्थापनामा आवश्यक परे हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकास गरेकाे भन्दै नेपाली समुदायले खेलेकाे भूमिकाकाे अध्यक्ष थापाले प्रशंसासमेत गरे ।

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको बाल्टिमोरमा आयोजित तेश्रो अधिवेशनको समुदघाटन गर्दै अध्यक्ष थापाले नेपालका अन्य राजनीतिक दलभन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिँडिरहेको बताउँदै कतिपयले दुस्साहसपूर्ण बाटो भने पनि नेपालको लागि यो बाटो सही हुने बताए । तर, कठिन रहेको उनले स्वीकार गरे ।

‘स्वदेश विदेश जहाँ गए पनि कतिपय मान्छेले मलाई राप्रपाले दुस्साहसपूर्ण बाटो हिँडेको भन्छन्,’ अध्यक्ष थापाले भने , ‘राप्रपाले हिँडेको बाटो सजिलो छैन । कठिन छ तर नेपालको सुरक्षित भविष्यको लागि राप्रपाले हिँडेको बाटो सही र  उपयुक्त छ ।’

नेपालमा पटकपटक आन्दोलन र परिवर्तन भएको तर पटकपटकका अभ्यास असफल हुँदै गइरहेका छन् भन्दै अध्यक्ष थापाले नेपालमा नेपाली मात्रको प्रयासले अर्को एउटा राष्ट्रवादी आन्दोलनको खाँचो रहेको बताए ।

राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासमा पार्टी र पार्टी भन्दा माथि उठेर विवेकको प्रयोग गर्ने अवस्था नरहेको भन्दै अध्यक्ष थापाले देशमा डरलाग्दो ठूला ठूला भ्रष्टाचारका काण्डहरु भइरहेको तर जनता पार्टीका आधारमा विभाजित हुँदा भ्रष्टाचारीले सजिलै उन्मुक्ति पाउने गरेको उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?