
Photo Credit : RSS
१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुवात गरेको छ ।
दशरथ रंगशालामा सोमबार भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
भुटानका कप्तान चेन्कोले ६४ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै भुटानले तीन अंक जोडेको छ ।
सोमबार साँझ पाँच बजे माल्दिभ्स र श्रीलंकाबीच खेल हुने तालिका छ ।
नेपालले आफ्नो पहिलो खेल मंगलबार भुटानसँग खेल्नेछ ।
पुरुष फुटबलमा भारत सहभागी नहुने भएपछि राउन्ड रोबिन लिगको आधार प्रतिस्पर्धा हुने भएको छ । नेपाल, भुटान, बंगालादेश, माल्दिभ्स र श्रीलंका सहभागी फुटबलमा शीर्ष दुई टीम फाइनल प्रवेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4