Comments Add Comment

महिला र पुरुष भलिबलमा श्रीलंकालाई कास्य

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला र पुरुष भलिबलमा श्रीलंकाले कास्य पदक जितेको छ ।

महिला भलिबलको कास्य पदकका लागि सोमबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । श्रीलंकाले २५–१३, २५–१८ र २५–८ को सेटमा हराउँदै तेस्रो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै पुरुष भलिबलमा श्रीलंकाले बंगलादेशलाई ४–१ को सेटमा पराजित गरेर कास्य जितेको हो । पहिलो सेट २३–२५ ले गुमाएको श्रीलंकाले त्यसपछि २५–२०, २५–१६ र २५–२१ को सेटमा हराएको हो ।

महिला र पुरुष भलिबलको फाइनल खेल मंगलबार हुनेछ । पुरुष भलिबलको उपाधिका लागि दिउँसो १ बजे भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् । महिला भलिबलको फाइनल खेलमा दिउँसो ४ नेपालले भारतको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment