Comments Add Comment

सागको गल्फ खेल मंगलबारदेखि

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फ खेल मंगलबारदेखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ । पार ७२ को कोर्समा बिहान १० बजे सुरु हुने प्रतियोगितामा सहभागी खेलाडीले सोमबार अभ्यास खेल खेलेका छन् ।

सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कास्य पदक पक्का भएको छ । भुटानले पुरुष टिम स्पर्धामा भाग लिएको छैन । भुटानबाट निम दोर्जी तामाङ एक्लै ब्यक्तिगत स्पर्धामा सहभागी छन् । पाकिस्तानले अन्तिममा आएर गल्फ नखेल्ने निर्णय गरेको थियो ।

पुरुष टिम स्पर्धामा पनि सहभागी देशको कम्तीमा कांस्य पदक पक्का भएको छ । गल्फको पुरुष स्पर्धामा नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखेको नेपाली टोलीका ब्यवस्थापक सिवी भण्डारीले बताए । नेपालका खेलाडीले दैनिक औसत तीन अन्डर पार खेलिरहेका छन् । ‘पुरुषमा नेपालले ब्यक्तिगत र टिम स्पर्धा दुवैमा स्वर्ण जित्ने देखिन्छ’, भण्डारीले भने ।

नेपालका महिला गल्फ खेलाडीको तयारी पछि मात्र सुरु गरिएकोले केही भन्न नसकिने भण्डारीले बताए । गल्फमा पुरुषतर्फ नेपालबाट टंकबहादुर कार्की, शुक्रबहादुर राई, सुवास तामाङ र निरज तामाङले प्रतिस्पर्धा गर्नेछन् । महिलामा कस्मिरा शाह, रबिना श्रेष्ठ र शुस्मा कोइरालाले प्रतिस्पर्धा गर्दैछन् । साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो । गल्फ खेल ‘स्टोक प्ले’ विधामा ७२ होलको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment