Comments Add Comment

४० वर्षपछिको खुशी कसरी पाउने ?

एक्लो हुनुको कारण जे भए पनि भएता पनि अर्थात कुनै व्यक्ति अविवाहित छ, सम्बन्ध विच्छेद भएको छ अथवा विधवा छ भने पनि यदि उ आर्थिक रुपले सक्षम छ भने आफूलाई सुखी र खुशी नै मान्नुपर्छ ।

वर्षौंदेखिको अनुभव तपाईंसँग हुन्छ । त्यसैले यही सही समय हो कसैको दबाबबिना आफैं निर्णय गरेर तपाईंले आफ्नो जीवनलाई खुशीमय बनाउन सक्नुहुन्छ । यसका साथै आफूलाई चिनेर संसारमा आफ्नो पहिचान बनाउन सक्नुहुन्छ । यदि  आर्थिक रुपले सक्षम हुनु हुन्न भने पनि आत्तिनु पदैंन । अब तपाईं स्वतन्त्र हुनुहुन्छ । आफूलाई अनुकूल मिल्ने गरी कमाउन पनि सक्नुहुन्छ । आफ्नो समय आफू अनुरुप कसरी व्यतित गर्न चाहनुहुन्छ ? त्यसको रुटिन निर्धारण गर्न सक्नुहुन्छ । आफू कसरी खुशी हुन सक्नुहुन्छ । यी सबैका लागि समय व्यवस्थापन हुनु आवश्यक छ अर्थात् जिन्दगीमा अपार खुशीहरु पाउनका लागि सकारात्मक सोच र समय प्रबन्धन अति नै आवश्यक हुन्छ ।

सधैं केही राम्रो सिक्ने चाहना तथा केही गर्ने उत्साहलाई आफ्नो व्यक्तित्व बनाउनुपर्छ । आफ्नो सोच र दृष्टिकोण सकारात्मक राख्दै निम्न मुख्य कुराहरुका लागि समय प्रबन्धन अवश्य गर्नुपर्छ ।

-कामका लागि समय

-स्वास्थका लागि समय

-सौखका लागि समय

-छिमेकी, आफन्त र साथीभाइसँगको समय

-मनोरन्जनको समय

-सामाजिक कार्यको समय

यिनीहरुमध्ये सबैभन्दा पहिलो हो कामकाजको समय । यदि तपाईं जागिर खानुहुन्छ, व्यवसाय अथवा अन्य कुनै पेशामा हुनुहुन्छ भने ती सबका लागि समय पहिलेदेखि नै निर्धारित गर्नुपर्छ । कुन पहिरन लगाउने भन्ने कुुरा पनि पहिलेबाट नै निर्धारित हुनुपर्छ । आवश्यक कागजपत्र, फाइल, फोटोकपी इत्यादि । यदि तपाइर्ं कामकाजी हुनुहुन्न र आर्थिक स्थिति पनि राम्रो छैन भने आफू अनुरुप कुनै काम गर्नुपर्छ अथवा सानातिना व्यवसाय नै गर्नुपर्छ । जसले तपाईंको समय र घर दुबै सुव्यस्थित होस् ।

आफ्नो लागि समय

त्यसपछि घरबाहिरको काम । दिनहुँको काम अथवा खाना बनाउनु, गमला गोडमेल, खाद्यान्न-तरकारी ल्याउनु अथवा मगाउनु, सरसफाई गर्नु अथवा गराउनु, पानी, बिजुलीको बिल तिर्नु, बैंक जानु आदि । यी सबैका लागि पनि समय निर्धारण गर्नुपर्छ । यी सबैका लागि धेरै समय लगाउनु हुँदैन ।  आफ्ना अन्य आवश्यकताका कुराहरुका लागि पनि समय निकाल्नुपर्छ ।

बिहानको एक घण्टा स्वास्थको लागि छुट्याउनुपर्छ । जसले दिनभरी तपाईलाई फुर्तीलो बनाउँछ । आफूलाई अनुकूल पर्ने व्यायाम नियमित गर्नुपर्छ । मन-मस्तिष्क र शरीर स्वास्थ भयो भने तपाईं खुशी रहनुहुन्छ । सकारात्मक उर्जाले हामीलाई राम्रा र सही कार्य गर्न सहयोग गर्छ भन्ने कुरा सबैलाई थाहा नै छ ।

सौखको लागि पनि समय निकाल्नु जिन्दगीको लागि अति नै आवश्यक छ । एउटा व्यक्तिले आफ्नो जिन्दगीमा केही न केही सौख राखेको हुन्छ । जसमा उसले आफ्ना सम्पूर्ण दुःख-पीडा बिर्सिएर खुशी र शान्ति प्राप्त गर्छ । यो मानिसलाई रिचार्ज हुने अचूक उपाय हो । त्यसैले आफ्नो समय व्यवस्थापन गरेर आफ्नो सौखका लागि पनि समय निकाल्नु अवाश्यक छ ।

केही सौख त त्यस्ता पनि हुन्छन् । जुन सँग-सँगै अन्य स-साना काम पनि पूरा गर्न सकिन्छ । जस्तै गीत-सँगीत सुन्दै कुचो लगाउनु, टेबल मिलाउनु, खाना पकाउनु आदि पनि खुशी-खुशी गर्न सकिन्छ । तर, किताब पढ्न, चित्र बनाउन, नाच्न, घुम्न र केही नयाँ सिक्नका लागि भने छुट्टै समय निकाल्नुपर्छ । तर, आधा घण्टा मात्र भए पनि आफ्नो सौख पूरा गर्न समय निकाल्नुपर्छ । यसो गर्दा आफू भित्र उर्जाको अनौठो सञ्चार भएको तपाई अनुभव गर्न सक्नुहुन्छ ।

आफन्त र साथीभाइहरुका लागि पनि केही समय निकाल्नुपर्छ । कोही आफन्तसँग कुरा गरेर आफ्नो सुख-दुःख बाँढ्नुपर्छ । कहिले फोनमा त कहिले भेटेर सकारात्मक कुरा गर्नुपर्छ । कहिलेकाहीँ उनीहरुसँग घुम्न जानुपर्छ । खुलेर सपिङ गर्नुपर्छ र रमाइलो गर्नुपर्छ । मनपर्ने साथीहरुको समूह बनाउनुपर्छ । गम्भीर विषयहरुमा पनि विचारहरुको आदनप्रदान गर्नुपर्छ र आफ्ना प्रेरक अनुभवहरुलाई पनि सेयर गर्नुपर्छ । यसो गर्दा थोरै समयमा पनि तपाईंलाई खुशी प्राप्त हुन्छ ।

केही समय प्राकृतिसँग बिताउनुपर्छ त कहिलेकाहीँ घरपालुवा पशु-पंक्षीहरुसँग पनि बिताउनुपर्छ । यसो गर्दा आनन्दको अनुभव हुनुको साथै खुशी र शान्तिको अनुभव हुन्छ ।

खुशीको साँचो

मनोरन्जन र संसारसँग जोडिरहने समय पनि आफ्नो रुटिनमा समावेश गर्नुपर्छ । यसको लागि सबैभन्दा सजिलो माध्यम टेलिभिजन हुनहुन्छ । आधा अथवा पौने घण्टा टेलिभिजन हेरेर आफूलाई अपडेट राख्नुपर्छ र खुशी हुनुपर्छ ।

अन्तिम र प्रमुख कार्य जुन तपाईको खुशीको साँचो हो, त्यो हो सामाजिक कार्य । तपाइर्ंले हप्तामा एक पटक मात्र भए पनि समाजको भलाईका लागि केही समय निकाल्नुपर्छ । चाहे त्यो गरिब, अनाथ बच्चा, बृद्ध, बेसाहारा महिलाहरु, निरिह पशुहरुको भलाईको काम होस् अथवा भ्रष्टचार विरोध आदि कुनै पनि किसिमको कार्य गर्नुपर्छ । तपाईंको यो केही समयको सहयोगले समाजलाई त लाभान्वित गर्छ नै तपाईंलाई पनि अपार खुशी प्राप्त हुन्छ ।

यस्ता विभिन्न कुराहरुले  ४० वर्ष कटेपछि पनि खुशी रहन सक्नुहुन्छ । अब उमेर गयो, एक्लै छु भनेर आत्तिनु हुँदैन । तपाईं यी सबै कुरालाई ध्यान दिनुभयो भने आफूलाई एक्लो महसुस गर्नु हुन्न र रमाइलोसँग समय बिताउन सक्नुहुन्छ । रमाइलो जीवन बिताउनु पर्छ राम्रा कार्यमा सधैं अगाडि बढ्नु पर्छ । केही राम्रो सिक्नुपर्छ र सिकाउनुपर्छ । खुशी खोजेर जीवन बिताउने होइन, जीवनलाई स्वस्थ रुपमा बाँच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment