+
+
Shares

५ वर्षपछि दशरथ रंगशालामा नेपालको सुखद पुनरागमन (फोटो कथा)

चन्द्र आले चन्द्र आले
२०७६ मंसिर १७ गते १८:१९

१७ मंसिर, काठमाडौं । लामो समयको अन्तरालपछि मंगलबार नेपाली फुटबल समर्थकले दशरथ रंगशालामा आफ्नो राष्ट्रिय टिमको खेल हेर्न पाए । र, टिमले पनि समर्थकहरुलाई निराश बनाएन ।

भूकम्पले भत्काएको रंगशाला भर्खरै पुनर्निर्माण सकिएर नयाँ रुपमा उभिएको छ । यही रंगशालामा नेपालले कयौं जित–हारहरु देख्यो । तर, पुनर्निर्माण हुन ढिलाइ भएर फुटबल खेलाडीका लागि रंगशाला बिरानो भइसकेको थियो । पुनर्निर्माणपछि पहिलोपटक मंगलबार नेपालले भुटानसित सागको प्रतिस्पर्धा गरेको हो ।

भुटानविरुद्धको खेलमा नेपालले आफ्नो उत्कृष्टता देखायो । अघिल्लो दिन मात्रै बंगलादेशलाई हराएर उच्च मनोबलमा रहेको भुटानले नेपाललाई बलियो चुनौती दिन सकेन ।

नवनिर्मित दशरथ रंगशालामा हजारौंको संख्यामा उपस्थित दर्शक अपेक्षा मुताबिक नै नेपाली टिमका लागि १२ खेलाडीको रुपमा प्रस्तुत भए ।

नेपाली टिमका कप्तान सुजल श्रेष्ठले ‘लिड फ्रम दि फ्रन्ट’ को उदाहरण प्रस्तुत गरे । उनको उत्कृष्ट दुई गोलको मद्दतमा नेपालले ४–० को शानदार नतिजा निकाल्न सफल भएको छ ।

यद्यपि, अब नेपालले बलिया टिमहरुको सामना गर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?